Logo
३० बैशाख २०८१, आईतबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावको तयारीबारे छलफल गर्न आज लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक

स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको छ ।नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ ।लोसपाका नेताहरू सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलमा रहेको समाचार सार्वजनिक भएका छन् ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्