Logo
२९ बैशाख २०८१, शनिबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनमा गठबन्धन गर्ने निर्णयपछि भएपछि प्रचण्ड आज चितवन जार्दै

स्थानिय निर्वाचन नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चितवन दौडधुप बढेको छ ।

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि प्रचण्ड आज गृह जिल्ला चितवन जाँदै छन् ।चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत् सब स्टेसनको उद्घाटन गर्नेछन् ।

त्यसपछि भरतपुर महानगरपालिकाको रिङ रोडको पश्चिम खण्ड शिलान्यास र भरतपुर महानगरपालिका-२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् ।

स्थानिय निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बढेको छ ।चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ ।

अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्