Logo
१७ बैशाख २०८१, सोमबार
(March 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा भाग लिन श्रीलङ्कामा, देउवाले भर्चुअल सम्बोधन गर्ने

परराष्ट्र मन्त्री नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन श्रीलङ्काको राजधानी कोलम्बो पुगेका छन्।

मन्त्री खड्का मङ्गलवार हुने बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछन्।श्रीलङ्कामा बुधवार बिमस्टेकको पाँचौँ शिखर सम्मेलन हुँदैछ।

उक्त बैठकमा श्रीलङ्कासहित बङ्गलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी हुनेछन् भने सैनिक शासन लागु भएको म्यानमारका विदेश मन्त्री भर्चुअल रूपमा सहभागी हुनेछन्।

सोमबार कोलम्बोमा बिमस्टेक उच्च अधिकारीहरूको बैठक भएको थियो। उक्त बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले गरेका थिए।

राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख भर्चुअल्ली सहभागी हुनेछन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिखर सम्मेलनमा भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम छ। म्यानमारका तर्फबाट भने शिखर सम्मेलनमा पनि विदेश मन्त्री नै सहभागी हुने बताइएको छ।

बिमस्टेकको चौथो शिखर सम्मेलन २०१८ मा काठमाडौंमा भौतिक रूपमै सम्पन्न भएको थियो।

प्रकाशित मिति: Mar 29, 2022

प्रतिक्रिया दिनुहोस्