Logo
२९ बैशाख २०८१, शनिबार
(March 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७७ वटै जिल्लाका स्थानीय तहमा आयोगले तोक्यो निर्वाचन अधिकृत

निर्वाचन आयोगले देशका ७७ वटै जिल्लामा स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।आयोगले सार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको जनाएको हो ।

जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतका जेष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकिएको छ ।

आयोगले यही चैत मसान्तदेखि वैशाख २ गतेसम्म सबै निर्वाचन अधिकृतलाई चुनावका लागि अभिमुखीकरण तालिम पनि दिईने जनाएको छ ।

प्रकाशित मिति: Mar 27, 2022

प्रतिक्रिया दिनुहोस्