Logo
२९ बैशाख २०८१, शनिबार
(March 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको विकास र निकासका लागि नेपाली कांग्रसेलाई विजयी गराउन कार्कीको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास र निकासका लागि नेपाली कांग्रसेलाई विजयी गराउन आग्रह गरेका छन् ।

आज सुनसरीको हरिनगर गाउँपालिका–३ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले कांग्रेसलाई विजयी गराउन आग्रह गरेका हुन् ।

साथै देशमा कांग्रेसको अर्को विकल्प नरहेको बताएका छन् । कांग्रेस विजयी भए मात्र विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलगायत काम हुने उनको भनाइ थियो ।

पार्टीको १४औँ महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर स्थानीय तहको निर्वाचनसहित तीन वटै तहको निर्वाचनमा कांग्रेससलाई विजयी गराउन उनले सबैलाई आग्रह गरे ।

 

प्रकाशित मिति: Mar 27, 2022

प्रतिक्रिया दिनुहोस्