Logo
२९ बैशाख २०८१, शनिबार
(March 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दै

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै छ । यसअघि एक करोड ७८ लाख मतदाता रहेको अनुमान गरेको आयोगले आइतबार औपचारिकरुपमै मतदाताको सूची सार्वजनिक गर्न लागेको हो ।

नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ ।

अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन ।अघिल्लो निर्वाचनमा भन्दा करिब दुई लाख मतदाता थपिएको आयोगले जनाएको छ । आयोगले करिब दुई करोड मतपत्र छाप्ने तयारी गरेको छ ।

प्रकाशित मिति: Mar 27, 2022

प्रतिक्रिया दिनुहोस्