Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि कांग्रेसको केन्द्रीय समिति बैठक, चुनावी गठबन्धनबारे ठोस छलफल हुने

स्थानीय निर्वाचन केन्द्रित छलफल गर्न नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार पनि बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकता अनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो ।

बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने भएको सह महामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिएका छन् ।बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए ।

अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए ।गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् ।

गठबन्धनबिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा. शेखर कोइराला पक्षीय हुन् ।

प्रकाशित मिति: Mar 27, 2022

प्रतिक्रिया दिनुहोस्