Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय सांसद प्रमोद साहमाथि सर्लाहीमा सांघातिक आक्रमण : उपचारका लागि काठमाडौं रिफर

जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ ।

सांसद साहका आफन्त अनिल साहका अनुसार सांसद साहको अगुवाइमा जसपाले नगरमा विरोध र्‍याली निकालिरहेको बेलामा २५–३० जना‍ले उनीहरुमाथि आक्रमण गरेका थिए ।

‘उहाँ अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्छ तर अवस्था गम्भीर छ । काठमाडौं रिफर गरेकाले उहाँ बाटोमा हुनुहुन्छ,’ उनले भने ।

घटनापश्चात प्रहरीले भीडलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको छ ।

शनिबार प्रदेश २ स्थित सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो । टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो । सोही विवाद बढ्दै जाँदा शनिबार बिहान दुई पक्षबीच झडप भएको हो ।

सांसद साह पक्षले बाटो कायम हुनुपर्ने अडानमा थिए भने अर्को पक्षले क्लबकै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए । दुई पक्षबीच मतान्तर बढेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो ।

झडपमा ढुंगा प्रहार सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । चोट लागेर गम्भीर घाइते भएका साहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।

 

प्रकाशित मिति: Mar 26, 2022

प्रतिक्रिया दिनुहोस्