Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने पौडेल पक्षको निष्कर्ष

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको बंठकले स्थानीय चुनावमा तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाकेका थिए ।बैठकमा कानुनमन्त्री दिलेन्द्र बडू, केन्द्रीय सदस्यद्वय डा. शशांक कोइराला र दीपक गिरी सहभागी थिए ।

जिल्ला सभापतिहरूमा रावल सहित तनहुँका जीतप्रकाश आले,पाल्पाका हिमालदत्त श्रेष्ठलगायत सहभागी थिए ।बैठकमा सहभागीले तालमेलको आवश्यकता रहेको सुझाव पौडेललाई दिएका थिए ।

तालमेल गर्दा स्थानीय आवश्यकता अनुसार हुनुपर्ने सुझाव दिएको रावलले बताए । विधान अनुसार प्राप्त अधिकार तल्लो संरचनाले प्रयोग गर्न पाउनुपर्ने जिल्ला सभापतिहरूले माग राखेका थिए ।

सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए÷नभएको छलफल गर्न नेता पौडेलले बैठक डाकेको बाजुरा जिल्ला सभापति रामसिंह रावलले जानकारी दिए ।

‘स्थानीय तहको निर्वाचनमा तालमेल गर्नुपर्छ भन्ने भएको छ । तालमेल गर्ने अधिकार तल्लो कार्यसमितिलाई नै दिनुपर्छ भनेका छौँ’, रावलले भने, ‘निर्णय केन्द्रबाट लाद्नु भएन । यही सुझाव हामीले उहाँलाई दिऔँ ।’

प्रकाशित मिति: Mar 25, 2022

प्रतिक्रिया दिनुहोस्