Logo
२८ बैशाख २०८१, शुक्रबार
(March 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले वैशाख ९ गते घोषणापत्र र प्रतिबद्धता पत्र सार्वजनिक गर्ने

नेकपा एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले आगामी वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन् ।

पूर्व प्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र पार्टीका नीतिबारे स्पष्ट पार्न एकै दिन प्रविधिमार्फत सम्बोधन गर्न लागेका हुन् । सो पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले उक्त कार्यक्रम तय गरेको हो ।

 

प्रकाशित मिति: Mar 25, 2022

प्रतिक्रिया दिनुहोस्