Logo
२० बैशाख २०८१, बिहीबार
(March 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरका यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द

देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने यातायात व्यवस्था विभागले निर्णय गरेको छ ।

विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गदै सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

\भुसालले जारी गरेको सूचनामा भनिएको छ,‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’

यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

प्रकाशित मिति: Mar 23, 2022

प्रतिक्रिया दिनुहोस्