Logo
२० बैशाख २०८१, बिहीबार
(March 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं विश्वका १० अति प्रदूषित सहरको सूचीभित्र

काठमाडौं विश्वको १० प्रदूषित सहरको सूचीभित्र परेको छ ।मङ्गलवार बिहान ९ : ४५ बजेको तथ्यांक अनुसार काठमाडौँको वायु विश्वको ९ औँ प्रदूषित सहरभित्रको सूचीमा छ ।

वायुको गुणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मङ्गलवार काठमाडौं विश्वकै प्रदूषित सहरको छैटौँ स्थानमा थियो ।

स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौं को वायुको गुणस्तर ‘अस्वस्थ कर’ स्तरमा छ ।केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल सफा छैन ।

बिहान तुवाँलोले वायुमण्डल ढाकिरहेको छ । आँखा पिरो हुने, चिलाउने र नाक पोल्ने अनुभव हुन थालेको छ । गत वर्ष सरकारले प्रदूषण बढेपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय नै लिनु परेको थियो ।

पोलुसन डट जीओभी डट एनपीका अनुसार बुधबार कीर्तिपुर क्षेत्रको वायुमण्डल बढी प्रदूषित छ । पोखरा, सिमरा, भरतपुर, धनकुटा र नेपालगन्ज क्षत्रेको बायु पनि प्रदूषित अवस्था पुगेको छ ।

नेपाल सरकारले पनि काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्य योजनामा वायु प्रदूषण आपत्कालसम्बन्धी व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद् बैठकले तीन माघ २०७६ मा पारित गरेको यो कार्य योजनामा स्पष्ट रुपमा ३०० एक्यूआई नाघेपछि विपद् घोषणा गर्ने भनिएको छ । अहिले काठमाडौँको एक्यूआई १६० को हाराहारीमा छ ।

प्रकाशित मिति: Mar 23, 2022

प्रतिक्रिया दिनुहोस्