Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र जापानबीच ४२ अर्ब डलर बराबरको आर्थिक सहयोगमा सम्झौता

छिमेकी मुलुक भारत र जापानबीच ठूलो आर्थिक सहयोगमा सम्झौता भएको छ । जापाले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको हो ।

जापानी प्रधानमन्त्री फुमियो कासिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा सो सम्झौता भएको हो ।

दुई देशबीच आपसी सहयोग सम्बन्धि ६ वटा सम्झौतामा पनि हस्ताक्षर भएको छ । मोदी र कासिदाबीच रुस–युक्रेन युद्ध र एशिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका विषयमा समेत छलफल भएको छ । जापानले पछिल्लो समय भारतमा लगानी बढाउँदै आएको छ ।

भारतको आर्थिक राजधानी मुम्बइदेखि औद्योगिक शहर अहमदावादसम्म बुलेट रेल बनाउने आयोजनामा पनि जापानले लगानी गरिरहेको छ ।

जापानले सन् २०१४ देखि ०१९ सम्म भारतमा २९ अर्ब डलर लगानीका आयोजना सम्पन्न गरिसकेको छ ।एशिया प्रशान्त क्षेत्रका दुई ठूला अर्थतन्त्रबीचको नयाँ आर्थिक सम्झौताले यस क्षेत्रको स्थायित्वमा सघाउँ पुर्याउने विश्वास समेत गरिएको छ ।

प्रकाशित मिति: Mar 20, 2022

प्रतिक्रिया दिनुहोस्