Logo
२३ बैशाख २०८१, आईतबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होलीमा सुरक्षाका लागि १ हजार ६४९ जना प्रहरी खटाउने

होली पर्वको अवसरमा सुरक्षाका लागि १ हजार ६४९ जना प्रहरी जनशक्ति खटाउने भएको छ ।

होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको महानगरीय प्रहरी परिसर टेकुले होली पर्वलाई लक्षित गरेर टेकुले विशेष सुरक्षा योजना बनाएको छ  ।

स्रोतका अनुसार यसपालि होलीमा कम्तिमा १३ ठाउँ विशेष कार्यक्रम हुँदैछन् । त्यसलाई लक्षित गरेर एक हजार ६४९ जना प्रहरी जनशक्ति खटिनेछन् । उनका अनुसार २५ वटा मोबाइल टोली, ३७ पैदल गस्ती, ८७ क्वीक रेस्पोन्स टिम र २८ स्थानमा चेकिङ हुनेछ ।

स्रोतका अनुसार २६ टोलीलाई सादा पोशाकमा खटाइनेछ भने ४५ जना सिनियर प्रहरी अधिकृत होलीको सुरक्षा व्यवस्थापनमा खट्नेछन् । गत वर्ष प्रहरीले कोरोना महामारीका कारण भिड जम्मा गरेर होली खेल्न रोक लगाएको थियो ।

यसपालि होली खेल्न बाधा नभएपनि कोही कसैको इच्छा विपरित जबरजस्ती रंग दले कारबाही हुने प्रहरीले स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार कसैलाई फोहोर पानी वा कमिकलसहितको रंग छ्यापेको पाइए पनि पक्राउ गरेर कारबाही गरिनेछ ।

सर्वसाधारणलाई मादक पदार्थ एवं लागूऔषध सेवन गरेर होली खेल्न तथा सवारीसाध नचलाउन पनि अपिल गरेको छ । होलीको समयमा मोटरसाइकलमा ३ जना चढ्ने, विना हेलमेट हिँड्ने जस्ता गतिविधिविरुद्ध पनि कडा निगरानी गरिने छ  ।

बाटोबाट हिँड्ने व्यक्तिलाई घरको छतबाट फोहोर पानी फाल्ने र लोला हान्ने काम पनि नगर्न अनुरोध गरेका छन् । प्रहरीले अनुहार नै नचिनिने गरी विभिन्न रंग रोगन गरी होली नेखल्न पनि प्रहरीले अनुरोध गरेको छ ।

कुनै घटना भए तत्काल नजिकका प्रहरी वा १०० मा फोन गरेर जानकारी गराउन पनि उनले अपील गरेका छन् ।

 

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्