Logo
२३ बैशाख २०८१, आईतबार
(March 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा ४ बजेका लागि बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार राख्ने गरिएको भए पनि केही बेर अघि मात्रै आज बस्ने जानकारी मन्त्रीहरूलाई दिइएको थियो ।

बालुवाटार विशेष स्रोतका अनुसार आजको बैठकमा विभिन्न देशमा रिक्त दर्जनौँ राजदूत नियुक्तिलगायत अन्य केही महत्त्वपूर्ण निर्णय हुन सक्नेछ । प्रचण्डसँगको भेटलाई राजदूत नियुक्तिसँग पनि जोडेर हेरिएको ती स्रोतले जनाएको छ ।

बैठक शुरु हुनुभन्दा आधा घण्टा अगाडी साढे ३ बजे प्रधानमन्त्री देउवाले पुष्पकमल दाहाल प्रचण्डसँग भेट्दै छन् ।

प्रकाशित मिति: Mar 15, 2022

प्रतिक्रिया दिनुहोस्