Logo
२३ बैशाख २०८१, आईतबार
(March 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय {सूचीसहित}

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय शुक्रबार सार्वजनिक गरेका छन् ।

कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय आज सार्वजनिक गरेका हुन् ।सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि गरिएको प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।

फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरी आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यक सहजीकरणको लागि उच्चस्तरीय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि र्‍यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरिएको बताए ।

यस्तै सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: Mar 11, 2022

प्रतिक्रिया दिनुहोस्