Logo
६ जेष्ठ २०८१, आईतबार
(March 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी,एक घर जल्यो

प्रदेश नं १ स्थित ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आज बिहान आगलागी भएको छ ।कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो ।

आगलागीबाट एउटा घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागीबाट आसपासका घरहरु जोखिममा परेका छन् ।

आगो नियन्त्रण गर्न फुङलिङ नगरपालिकाको दमकल तथा स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।आगो अन्यत्र सल्किए कोप्चे बजार पुरै जोखिममा पर्ने देखिन्छ ।

वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यो वर्ष सुख्खा याम लागेसँगै बजार क्षेत्रमा पहिलो पटक आगलागीको घटना भएको हो ।

 

प्रकाशित मिति: Mar 11, 2022

प्रतिक्रिया दिनुहोस्