Logo
२३ बैशाख २०८१, आईतबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले भन्यो : ‘मतगणनामा सहजता होस् भनेर हरियो रङको चुनाव चिन्ह राख्न लागिएको हो’

निर्वाचन आयोगले चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा आयोगको क्षेत्राधिकारको विषय भएको बताएको छ ।

बिहीबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा आयोगको क्षेत्राधिकारको विषय भएको बताएका हुन् ।उनले भने, ‘मतगणनामा सहजता होस् भनेर हरियो रङको चुनाव चिन्ह राख्न लागिएको हो । कसैलाई यसमा केही प्रश्न छ भने आयोग प्रष्ट पार्न तयार छ ।’

उनले प्राविधिक कारणले यस्तो निर्णय गरेको बताउँदै २०७४ सालको चुनावमा प्रयोग भएको रङ निलो रहेको र स्वस्तिक छापको रङ पनि निलो भई रङमा एकरुपता भएकोमा परिवर्तन गरिएको बताए ।

उनले रातको समयमा बत्तीको प्रकाश मधुरो हुने, स्थानीय तहको चुनावमा कतिपय मतदाताले एकपटक स्वस्तिक छाप मसीमा चोपेपछि सातवटा चिन्हमा लगातार मतदान गर्दा अन्तिमतिरको चिन्हमा लगाएको स्वस्तिक छाप मधुरो हुने जस्ता समस्या देखिएका कारण स्वस्तिक र चुनाव चिन्हको रंगमा भिन्नता गर्नका लागि परिर्वतनको निर्णय गरिएको बताए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत मंगलबार र बुधबार एमालेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो बनाउने निर्णयप्रति आपत्ति जनाएका थिए ।

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्