Logo
२३ बैशाख २०८१, आईतबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभा दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

प्रदेश नं १ स्थित संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या१४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका-६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।

ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लाल ध्वज सुवेदीले जानकारी दिए । ​

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको डिएसपी सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ ।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ ।दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण संकलन भइरहेको उनले जानकारी दिए घाइतेहरूको चैनपुर अस्पतालमा उपचार भइरहेको छ ।

क्षतिको यकिन विवरण आई नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्