Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डल र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ बर्ष देखिको कुटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताए ।

उनले कोभिड-१९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तर्गत खोप सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद दिए ।

सभामुख सापकोटाले नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार व्यक्त गर्दै कोभिड पछिको आर्थिक पुनरुत्थानमा सहयोग रहने विश्वास व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।

भेटमा फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष रिटनले आफ्नो टिमलाई नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्दै सम्मानित महसुस गरिरहेको बताए ।

त्यस्तै सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गरे । उनले नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देशबीचको साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष रिटनको दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि छलफल गरेर क्षेत्र छनौट गर्न सकिने भनाइ छ ।

प्रतिनिधिमण्डलमा सहभागी अन्य सदस्यहरुले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीले गरेका अभ्यासहरुबारे जानकारी गराउँदै दुई पक्षीय भ्रमण आदान प्रदानबाट दुबै संसदका लागि सिकाइको अवसर हुने धारणा राखेका थिए ।

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्