Logo
१६ बैशाख २०८१, आईतबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी भित्रको अन्तर्विरोध र गुटबन्दीमा हराएर हामी परिवर्तनको संवाहक बन्न सकेनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अन्तर्विरोध तथा गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न नसकेको स्वीकार गरेका छन् ।

बुधवार काठमाडौंमा पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासङ्घको कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रामक ढङ्गले प्रचार हुन नसकेको बताएका हुन् ।

‘परिवर्तनको प्रमुख संवाहक माओवादी हो । तर, आक्रामक ढंंगले समाजमा स्थापित गर्न हामीले सकेनौँ । हामीभित्रको भएको अन्तर्विरोध तथा हामी गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न सकेका छैनौँ,’ उनले भने ।

उनले पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसायी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई सहभागी गराइने पनि बताए ।

राष्ट्रमा भएका साधन–स्रोतको अधिकतम सदुपयोग गर्न उद्योग, व्यवसायको विकास गर्न जरुरी रहेको प्रचण्डले बताए ।माओवादी बिचौलियाको रोल खेल्ने अर्थतन्त्रको विकास गर्ने पक्षमा नरहेको उनले उल्लेख गरे ।

उद्योग, व्यवसायको विकास गरेर रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको भन्दै उनले समाज विकासको नयाँ मोडेल खोज्नुपर्नेमा जोड दिए ।

 

 

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्