Logo
१६ बैशाख २०८१, आईतबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीलाई लिएर फेसबुकमा अत्यन्तै आपत्तिजनक कुरा लेख्नेलाई स्पष्टीकरण सोध्ने नेपालको चेतावनी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्र्दभमा फेसबुकमा अत्यन्तै गम्भीर र आपत्तिजनक लेख्ने नेतालाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् ।

आजबाट सुरु भएको नेकपा एसको कन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि नेताको नाम नलिई गल्ती स्वीकार नगरे स्पष्टीकरण सोधिने बताए ।

नेपालले भने, ‘एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस् । स्पष्टीकरण सोध्नुपर्ने नहोस् । ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ ।’

यसअघि पोलिटब्यूरो बैठकमा पनि अध्यक्ष नेपालले सम्मानित नेता झालनाथ खनालको आलोचना गरेका थिए । एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको नेपालले बैठकमा बताए ।

अध्यक्ष नेपालले आगामी निर्वाचनमा अरू दलसँग तालमेल गरेर एमालेलाई पराजित गर्ने बताए । नेपालले केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भए पनि पारित गरेर गठबन्धन जोगाइएको  बैठकमा बताए ।

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्