Logo
१६ बैशाख २०८१, आईतबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार सम्मेलन गरेर आज देउवाले स्थानीय चुनाव केन्द्रित अभियान घोषणा गर्दै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गरेर स्थानीय चुनाव केन्द्रित अभियान घोषणा गर्ने भएका छन् ।

आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम रहेको छ । स्थानीय चुनावको लागि कांग्रेसले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।

कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने ‘घरघर जाऔँ, काँग्रेस जिताऔ’ अभियान घोषणा गर्ने तयारी छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले घरदैलो अभियान सञ्चालन गर्न लागिएको तथा आवश्यक तयारी र रणनीतिबारे सभापति देउवाको उपस्थितिमा कार्यक्रमबारे जानकारी गराउन लागिएको बताए।

कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने हुन्छ।

केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो। सभापति देउवाले पार्टीका उम्मेदवारले जित्ने गरी चुनावी अभियान प्रभावकारी बनाउन समेत निर्देशन दिएका थिए।

सभापति देउवाले केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानुअघि मङ्गलवार निर्देशन दिँदै गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेलाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन भनेका थिए।

 

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्