Logo
१६ बैशाख २०८१, आईतबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला हिंसा अन्त्यका लागि कानुनमा सामुहिक सुधार आवश्यक छ : झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यका लागि कानुनको सामुहिक सुधार आवश्यक रहेको बताएकी छिन् ।

महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै झाक्रीले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिदैँ कानुनको सुधार गर्नुपर्ने बताइन्।

झाक्रीले विधेयकहरु सरकारी तहमा मात्रै बन्ने एकाध बाहेक र सरकारले विधेयक ल्याउनुभन्दा अगाडि सरोकारवाला निकायहरुले व्यापक छलफल गर्नुपर्ने र त्यसैका लागि संविधानत् बनाइएका संवैधानिक आयोगहरुले पर्याप्त होमवर्क, पर्याप्त काम गर्नुपर्ने बताएकी छन् ।

कतिपय महिला हिंसाका घटनालाई राजनीतिकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएकाले त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने उनले बताइन्।

झाक्रीले भनिन्, ‘खासगरी विधेयकहरु सरकारी तहमा मात्रै बन्ने एकाध बाहेक र सरकारले विधेयक ल्याउनुभन्दा अगाडि सरोकारवाला निकायहरुले व्यापक छलफल गर्नुपर्ने र त्यसैका लागि संविधानत् बनाइएका संवैधानिक आयोगहरुले पर्याप्त होमवर्क, पर्याप्त काम गर्नुपर्ने देखिन्छ। त्यसको समन्वय गर्ने काम महिला मन्त्रालयको हो। आज दिइएको अधिकार प्रयोग गर्दै गर्दा अर्को पक्ष पीडित बन्दै गरेका कुराहरुलाई कानुनको सामुहिक बनाउने कुरा, अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्ने कुरा र कानुनमा भएका त्रुटीहरुलाई सुधार गर्ने कुराको प्रतिवद्धता महिलाको आँखाबाट आज हेर्दै गर्दा हामीले यो संकल्प र प्रतिवद्धता गरौँ कानुनको सामुहिक सुधार आवश्यक छ ।’

मन्त्री झाक्रीले संवैधानिक निकायहरुमा बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन भएका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने पनि बताइन्।

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्