Logo
१६ बैशाख २०८१, आईतबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’नाराका साथ कांग्रेसको फागुन २९ गतेदेखि चुनाव अभियान

नेपाली कांग्रेसले चुनावलक्षित एक महिने प्रचार अभियान फागुन २९ गतेदेखि सुरू गर्ने भएको छ । ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारासहित फागुन २९ गतेदेखि सुरू हुने अभियानबारे छलफल गर्न अहिले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको एक पदाधिकारीले जानकारी दिए ।

यसअघि केन्द्रीय कार्यसम्पादन समितिले फागुन २० गतेदेखि उक्त अभियान सुरु गर्ने निर्णय गरे पनि एमसीसी सम्झौता अनुमोदनले गर्दा तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

बैठकमा फागुन २९ देखि चैत्र २९ गतेसम्म चुनावलक्षित प्रचारप्रसार अभियान सञ्चालन गर्नेबारे छलफल भइरहेको छ । सभापति शेरबहादुर देउवा बैठक सुरू गरेर बाहिरिएका छन् भने बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्रीहरू र उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी छन् ।

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्