Logo
१६ बैशाख २०८१, आईतबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले पद तथा ओहोदाका लागि नभई राष्ट्र निर्माणमा क्रियाशील हुनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभई राष्ट्र निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभई समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए ।

जनतालाई मन पर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए ।

आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शिता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्दै उनले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गरे ।

विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गरे ।

अन्तर्राष्ट्रिय नारी दिवसबारे चर्चा गर्दै अध्यक्ष ओलीले नेपालमा महिला सशक्तीकरण बढेको र आफूलाई प्राप्त जिम्मेवारीलाई उनीहरूले सफलताका साथ बहन गरिरहेको बताए ।

कार्यक्रम नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्