Logo
१५ बैशाख २०८१, शनिबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय चुनाव र रणनीतिबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बुधबार बस्दै छ । स्थानीय तहको चुनावबारे छलफल र आवश्यक रणनीति तय गर्न नेकपा एसले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

बुधवार र बिहीबार केन्द्रीय कमिटी बैठक बस्ने भएको हो। सोमबार पोलिटव्यूरो बैठक गरेर केन्द्रीय कमिटीका एजेन्डा तय गरिएका छन्।

पोलिटव्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि आएका सुझावलाई समावेश गरेर परिमार्जनसहित अध्यक्ष नेपालले केन्द्रीय कमिटीमा प्रतिवेदन पेस गर्नेछन्।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थानीय चुनाव केन्द्रित र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी छ।

अध्यक्ष नेपालले स्थानीय तह चुनावमा पार्टीले सफलता हासिल गर्ने दाबी गरेका छन्। ०७९ वैशाख ३० मा स्थानीय तह चुनाव हुँदैछ।

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्