Logo
७ जेष्ठ २०८१, सोमबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना हुने

मधेश प्रदेश स्थित सप्तरी जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने भएको छ ।मधेश प्रदेश सरकारको मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकले सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

सिरहाको लहानमा रहेको यातायाता व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा समेत याताया व्यवस्था कार्यालय खोल्ने निर्णय गरिएको मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।

सप्तरीमा यातायात व्यवस्था कार्यालय स्थापना हुँदा ४० किलोमिटर पर लहान यातायात कार्यालयमा जानुपर्ने त्यस जिल्लाका नागरिकको बाध्यताको अन्त्य हुने छ ।

सबै प्रक्रिया पुरा भएपछि यस्तो निर्णय गरेकाले चाँडै कार्यालय स्थापना गरिने मन्त्री साहको भनाइ छ ।

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्