Logo
१६ बैशाख २०८१, आईतबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय : सभामुख

सभामुख अग्नि प्रसाद सापकोटाले राजनीतिक,सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको बताएका छन् ।

११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको बताएका हुन् ।

महिला दिवसको ऐतिहासिक महत्वलाई स्मरण गर्दै यस दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रुपमा मनाइरहँदा प्राप्त अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेका छन् ।

संविधान सभामार्फत् जारी गरिएको नयाँ संविधानमा सबै खाले लैंगिक विभेद अन्त्यको दस्तावेजीकरण सम्भव भएको उल्लेख गर्दै उनले राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र समतामूलक सहभागिता सुनिश्चित भएको पनि बताएका छन् ।

 

 

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्