Logo
३० बैशाख २०८१, आईतबार
(March 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सर्वोच्च अदालतको संवैधानिक इजलास बस्दै

लामो समयदेखि बस्न नसकेको सर्वोच्च अदालतको संवैधानिक इजलास आज शुक्रबार बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक बिचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उनले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास ४ महिनापछि बस्न लागेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार आज शुक्रबारदेखि संवैधानिक इजलासमा पेसी तोकिने र सुनुवाइ हुनेछ ।दीपककुमार कार्कीले कामु-प्रधानन्यायाधीशको जिम्मेवारी पाएपछि पहिलोपटक संवैधानिक इजलासको नेतृत्व गर्न लागेका हुन् ।

कामु-प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासमा पेसी तोक्न मुद्दा फाँटमा निर्देशन दिएसँगै संवैधानिक प्रश्नसँग जोडिएका ४ सयभन्दा धेरै मुद्दा सुनुवाइमा जानेछन् ।

क्यासिनोको रोयल्टी विवाददेखि सभामुख अग्नि सापकोटाको मुद्दासमेत अलपत्र छन् । संघीय र प्रदेश, प्रदेश र प्रदेश तथा प्रदेश र स्थानीय तहबीच अधिकारको विषयमा र संवैधानिक व्याख्याको विषयमा फैसला गर्न संवैधानिक इजलास गठन भएकोथियो ।

प्रकाशित मिति: Mar 4, 2022

प्रतिक्रिया दिनुहोस्