Logo
३१ बैशाख २०८१, सोमबार
(March 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने

सर्वोच्च अदालतको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्चको संवैधानिक इजलास भोलि शुक्रबारदेखि पूनः बस्न लागेको हो ।

जबरामाथि महाभियोग दर्ता भएसँग वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने जानकारी दिए ।लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक इजलासमा विचाराधीन विवादको न्यायनिरुपण हुन सकेको छैन । गतवर्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षताको संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

केही दिनअघि प्रधानन्यायाधीश जबराको महाभियोग विरुद्ध परेको रिट निवेदन समेत सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको छ ।

प्रकाशित मिति: Mar 3, 2022

प्रतिक्रिया दिनुहोस्