Logo
३१ बैशाख २०८१, सोमबार
(March 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन २२ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

संसद् बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले फागुन २२ गते आइतबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने गरी बैठक स्थगित गरेका छन् ।

बुधबार आज बैठक सुरू हुनेवित्तिकै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले विरोध गरेका थिए। एमाले सांसदको विरोधबीच नै सभामुखले बैठक अघि बढाएका थिए।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची थियो।

प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले उक्त प्रतिवेदन पेश गरेपछि सभामुखले फागुन २२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।

 

प्रकाशित मिति: Mar 2, 2022

प्रतिक्रिया दिनुहोस्