Logo
३० बैशाख २०८१, आईतबार
(March 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाशिवरात्रि मनाउन पशुपतिमा भक्तजनको घुइँचो {फोटोफिचर}

आज महाशिवरात्रिको दिन देशै भरका शिवको मन्दीरमा भक्तजनहरुको भिड लागि रहेको छ । विषेश गरी हिन्दूधर्मावलम्बीहरुले आज विहानदेखिनै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा रहेको छ ।

महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहिता महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ ।
महाशिवरात्रिको अवसरमा सर्वसाधारण भक्तजनका लागि पशुपतिनाथ मन्दिरको ढोका खुला गरिएको छ । मन्दिरमा विशेष पूजाका साथै हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्थासमेत मिलाएको छ ।साथै काठमाण्डौका जतिपनि महादेवका छन् विहानै देखि भक्तजनको भिड लागि रहेको छ ।

प्रकाशित मिति: Mar 1, 2022

प्रतिक्रिया दिनुहोस्