Logo
३० बैशाख २०८१, आईतबार
(February 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झाँक्री भन्छिन् : ‘म खोक्रो राष्ट्रवादको नसामा छैन तर म एक देश भक्त नागरीक हुँ’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको नशामा नभएको तर एक देशभक्त नागरीक भएको दाबी गरेकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक काम र प्रयासहरूमा जवाफदेहिता हुने बताएकी छन् ।

झाँक्रिले ट्वीटरमार्फत लेखिन्, ‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला।पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो’, एमसीसी संसदबाट पारित भएपछि उनले भनेकी छन्, ‘म खोक्रो राष्ट्रवादको नसामा छैन। तर म एक देश भक्त नागरीक हुँ।यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु। र, मेरा प्रत्येक काम र प्रयासहरूको जवाफदेहिता मसंग हुनेछ।’

 

प्रकाशित मिति: Feb 28, 2022

प्रतिक्रिया दिनुहोस्