Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई प्रधानमन्त्री बनाउने प्रचण्डले प्रस्ताव गरेको भन्ने कुरा हावादारी हो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा प्रधानमन्त्री तयार छु भनेर भनेको कुरा बाहिर आएको समाचार हावादारी भएको बताएका छन् ।

उनले कांग्रेससँग आफूहरुको कुराकानी भएपनि कुनै खास सहमति नभएको स्पष्ट पारेका छन् । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले अहिले कुनैपनि विषयमा सहमति नभएको जिकिर गरे । उनले सदन अहिले अवरोधको अवस्थामा रहेको सुनाए ।उनले ओली र प्रचण्डबीच सदनको अवरोध हटाउने विषयमा कुराकानी भएको सुनाए ।

उनले एमसीसीको बारेमा एमाले अनिर्णयमा बस्ने पार्टी नभएको जिकिर गरे । उनले अहिलेपनि सत्ता गठबन्धनमा १६५ को बहुमत रहेको सुनाए ।

उनले आफ्नो पार्टीका अध्यक्ष ओलीले पनि कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग गठबन्धनबारे सोधेको पनि सुनाए । उनले आफूहरुको चाहना गठबन्धन तोड्ने नरहेको जिकिर गरे ।

प्रकाशित मिति: Feb 25, 2022

प्रतिक्रिया दिनुहोस्