Logo
२३ बैशाख २०८१, आईतबार
(February 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा थप ५ सहसचिवको सरुवा, शिक्षाका रामचरित्रलाई उपमहानगरको जिम्मा

सरकारले थप ५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलवार विभिन्न मन्त्रालय तथा सामान्यकै अतिरिक्त समुहमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् ।

सिंहदरवार विशेष स्रोतले प्रशासनलाई दिएको जानकारी अनुशार संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयको अतिरिक्तमा रहेका तीन सहसचिवमध्ये दुई सहसचिवलाई गृह मन्त्रालयले भित्र्याएको छ ।

भने एक जनालाई मातहतकै निकायको उपमहानिर्देशक बनाई पठाईएको छ र शिक्षाका एकलाई एक उपमहानगर जिम्मा लाईएको छ। त्यस्तै एक सहसचिवलाई अतिरिक्तमा थपेको छ ।

प्राप्त जानकारी अनुशार अतिरिक्तका सहसचिवद्वय बासुदेव घिमिरे र सुर्य प्रसाद सेढाईलाई गृह पठाईको हो भने दिपक घिमिरेलाई राष्ट्रिय किताबखाना (निजामती) खटाईएको हो ।

यस्तै शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयका सहसचिव रामचरित्रलाई इटहरी उपमहानगरपलिका सुनसरीको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ ।

यसका लागी उनको दौडधुप र भनसुन साच्चिकै हेर्न लाएक नै थियो भने मन्त्रीको चाह त्यो भन्दा बढी देख्न लायक थियो ।यस्तै महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा अन्तर्गतका सहसचिव उमेश ढुंगानालाई अतिरिक्तमा तानिएको छ ।पछिल्लो समय सामान्य प्रशासनको किस्ताबन्दी सरुवा र मन्त्री तथा सचिवालयको ब्यवस्थापनबारे कर्मचारी वृत्तमा चर्को आलोचना हुँदै आएको छ ।

त्यतीमात्रै होइन, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत खटन पटनमासमेत व्यापक चलखेल भएको भन्दै केही जनप्रतिनिधीनै मन्त्रालयमा नै आएर ‘पैसा खाएर’ सरुवा गर्ने रु के हो पारा भन्दै केही कर्मचारीलाई थर्काएको पनि धेरै दिन भएको छैन ।

प्रकाशित मिति: Feb 23, 2022

प्रतिक्रिया दिनुहोस्