Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो : बाबुराम भट्टराई

जसपाका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताका छन् ।

उनले मंगलबारराति सामाजिक संजाल ट्वीटर मार्फत सो कुरा बताएका हुन् । एमसीसीको डढेलो लगाएपछि अब यसलाई निभाउने जिम्मा पनि सबै दलको रहेको बताउदै २ वटा विकल्पसमेत अघि सारेका छन् ।

उनको पहिलो विकल्प सत्ता गठबन्धनमा रहेका सबै दलले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने छ । दोस्रो तर यदि त्यसो हुन नसके नयाँ समीकरण बन्नुपर्ने उनको जोड छ । एमसीसीका सम्बन्धमा दुई विकल्प बाहेक अरु कुनै पनि विकल्प हुन नसक्ने बाबुरामको उनको तर्कछ ।

एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा पनि सबै दलको भएको उनको भनाइ छ । भट्टराइले सामान्य संसदीय कर्मकाण्डबाट मात्रै पारित गर्दा सर्वस्वीकार्य हुन कठीन हुने पनि बताएका छन् ।

भट्टराइले अहिलेको अवस्थामा एमसीसी पास नगर्दा नेपाल झन् ठूलो सामरिक द्वन्द्वमा फस्ने भन्दै कि सत्ता गठबन्धनमा रहेका सबै दलले मत दिएर पारित गर्नुपर्ने वा नयाँ समीकरण गर्नुपर्ने सुझाव दिएका हुन् ।

प्रकाशित मिति: Feb 23, 2022

प्रतिक्रिया दिनुहोस्