Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हास्यकलाकार शिवहरि पौडेलले जानकारी दिएका छन् । सिन्धुपाल्चोक बाहह्रविसे नगरपालिका -२ धार्पाका लामाको आज विहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । मंगलबार राति बौद्धबाट घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडका थिए ।

आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसार घर परिवारले राति २ बजे गाडीको आवाज सुने पनि बिहानमाज्ञ उठेर हेरेका रहेछन् । उनी लडेको बिहान मात्रै थाहा भएको हो ।

एउटा खुट्टा कारमा थियो भने जीउँ भइमा लडिरहेको थियो । प्रकृति हेर्दा अल्झिए जस्तो देखिन्छ भने टाउकोमा चो लागेको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा शुरु गरेका थिए ।

प्रकाशित मिति: Feb 23, 2022

प्रतिक्रिया दिनुहोस्