Logo
१६ बैशाख २०८१, आईतबार
(February 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशका मुख्यमन्त्री र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता गरेका छन् ।

मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गरे । उनले दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवद्र्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकासजस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग प्राप्त भएको बताए ।

नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध कायम भएको थियो । नेपाली युवा बेलायती सेनामा संलग्न भएर लामो समयदेखि काम गर्ने अवसर पाएको भन्दै मुख्यमन्त्री पोखरेलले उनीहरूको परिवार बेलायतमै बस्दै आएको चर्चा गरे । जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापन, पर्यटन पूर्वाधार विकास र आयआर्जन एवं ठूला पूर्वाधार निर्माणमा सहयोगजस्ता क्षेत्रमा बेलायतबाट प्रदेश सरकारले थप सहयोगको अपेक्षा गरेको बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशलाई आवश्यक कानुनहरूको तर्जुमा र कार्यान्वयन, योजनाबद्ध विकासका लागि प्रथम पञ्चवर्षीय योजना तर्जुमा, दिगो विकास लक्ष्य आधाररेखा प्रतिवेदन तयारी, मध्यमकालीन खर्च संरचना, आयोजना बैंकजस्ता रणनीतिक महत्वका दस्तावेजले प्रदेशको विकासका लागि सरकारको गन्तव्य सुनिश्चित गरेको जानकारी गराए ।

बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकूलन र पर्यटन प्रवद्र्धनका लागि बेलायत सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । पोखराको सुन्दरताबाट प्रभावित भएको भन्दै उनले सोमबार बिहान साइक्लिङबाट आनन्द लिएको अनुभव सुनाए ।

नेपालसँगको पुरानो सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन आफूहरू हरदम तयार रहेको बताउँदै उनले पोखरा र गण्डकी प्रदेशको स्वास्थ्यका क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगले निरन्तरता पाउने पनि उल्लेख गरे ।

गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्लेले समृद्ध प्रदेश स् सुखी नागरिक निर्माणका लागि हामीले प्रथम पञ्चवर्षीय योजनाका माध्यमबाट बहुआयामिक गरिबी सूचकाङ्क १४ दशमलव दुईबाट सात प्रतिशतमा झार्ने, औसत आर्थिक वृद्धिदर १० दशमलव दुई प्रतिशत पुर्याउने लक्ष्य राखेको जानकारी दिए । रासस

प्रकाशित मिति: Feb 22, 2022

प्रतिक्रिया दिनुहोस्