Logo
१५ बैशाख २०८१, शनिबार
(February 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यालयमा नआउने १२ प्रहरीलाई बर्खास्त गर्ने प्रधान कार्यालयको चेतावनी

लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मङ्गलवार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख गरेका छन् । केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका १२ जनालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए ।

यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।

प्रकाशित मिति: Feb 22, 2022

प्रतिक्रिया दिनुहोस्