Logo
२७ बैशाख २०८१, बिहीबार
(February 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो ! गठबन्धन टुट्नु पर्छ हैन : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसिसी र सत्ता गठबन्धन फरक विषय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘काँग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।’

उनले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा काँग्रेस विश्वस्त रहेको बताए । उनले भने, ‘गठबन्धनको विषय एउटा हो एमसिसीको अर्को विषय हो ।’ एमसिसीमा कुनै देशद्रोह नभएको उनले बताए । प्रवक्ता डा। महतले एमसिसी नेपालको हितमा रहेको जनाउँदै भने, ‘नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो रु संसद्मा पेस गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिचकिचाहट भएको छ ?’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, ‘प्रचण्डले एमसिसी पास गर्छौँ भने सिग्नेचर गरेका हैनन् र ?’ विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा. महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरे ।

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसद्को अधिकार हो भने । दलहरुका एमसिसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उनले भने, ‘संसद्मा एमसिसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्‍यो ।’

 

प्रकाशित मिति: Feb 18, 2022

प्रतिक्रिया दिनुहोस्