Logo
१७ बैशाख २०८१, सोमबार
(February 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ लाख कोरोना खोप नहराएको छानबिन समितिको निष्कर्ष

२४ लाख मात्रा कोभिड-१९ विरुद्ध खोप हराएको भनिएको घटना छानबिन गर्न बनेको समितिले खोप नहराएको निष्कर्ष निकालेको छ ।

स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. गुणराज लोहनी संयोजकत्वमा रहेको समितिले उक्त निष्कर्षसहितको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई बुझाएको छ ।

छानबिन समितिले धेरै स्थानबाट खोप लगाएकाको विवरण अद्यावधिक गर्न बाँकी रहेकाले तथ्याङ्क फरक देखिएको निष्कर्ष निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिले माघ सबै प्रदेश जिल्ला तथा पालिकालाई प्राप्त खोप, लगाइएको र खेर गएको खोपको विवरण अद्यावधिक गर्न भनेको थियो । अद्यावधिक विवरण अनुसार खोप नहराएको र हिसाब मिलेको छानबिन समितिका एक सदस्यले जानकारी दिए ।

अझै केही स्थानको विवरण आउन बाँकी रहेको र छिट्टै उक्त विवरण पनि अपडेट गरिने उनको भनाई छ ।संसदीय समितिमा स्वास्थ्य सचिव रोशन पोखरेलले २४ लाख डोज खोप हराएको बताएपछि विवाद निम्तिएको थियो ।

समितिले छानबिनको लागि दुई साताको समय पाएको थियो ।उक्त प्रतिवेदनलाई पत्रकार सम्मेलनमार्फत आज (मंगलबार) सार्वजनिक गरिने स्वास्थ्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: Feb 15, 2022

प्रतिक्रिया दिनुहोस्