Logo
६ जेष्ठ २०८१, आईतबार
(February 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : यी हुन् कलेजो सफा पार्ने ११ खानेकुरा !

अहिलेको बद्लिदो समयसँगै मानिसको दिनचर्यामा पनि परिर्वतन आएको छ । पछिल्लो समयमा मानिसहरु आफ्नो कामको व्यस्थताले गर्दा स्वास्थ्यको त्यति ख्याल गर्न सकिरहेका हुँदैनन भने अर्को हामीले बढी कृतिम बस्तुहरु बढी रुचाउने गछौं त्यस्सै कारणले पनि मानविय स्वास्थ्यमा दिनप्रतिदिन असर परिरहेको हुन्छ ।

पछिल्लो समयमा बायु प्रदुषण बढदे छ जसको कारण जलबायु परिर्वतन भइरहेको छ । जसले गर्दा संसारमा अनेकौ थरीका रोगहरुको उत्पति भएको छ ।

जस्तै अहिलेको अवस्थामा कोरोना भाइरसलाई उदाहरणको रुपमा लिन सकिन्छ । यसले कसरि मानविय जीवनलाई प्रभावित बनाएको छ । यो रोगलाई नियन्त्रणको लागि विश्व लागे पनि अझै सफल हुँन सकेको छैन ।

एक पछि अर्को भेरियन्ट आएर विश्वलाई आक्रान्त पारीरहेको छ । त्यस्तै हामीलाई खानपिन र रहन सरहनका कारण पनि हाम्रो शरीरमा धेरै प्रकारका रोगहरु लाग्ने गर्छ । मुख्य गरेर हाम्रो मुटु, फोक्सो, मृगौला, कलेजो, आन्द्रा, सम्वन्धी धेरै रोग लाग्ने गर्छन् ।

मानव शरीरको सबैभन्दा ठूलो अगंका रुपमा कलेजोलाई चिनिन्छ । पाचन प्रणलीमा यस अगंको ठूलो भूमिका रहन्छ भन्ने त हामीसबैलाई थाहै छ । लगभग १ दशमलव ३६ किलोग्राम तौलको एउटा वयस्क मान्छेको कलेजोले मेटाबोलीज्ममा सहयोग गर्दछ ।

खाएका खानालाई पचाउन अनि पोषण शोस्न पित्तथैली र कलेजोले संसगै कार्य गर्दछन् । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ अनि कलेजोको संक्रमण या कार्यकमजोरी बेलामा थाहा हुन नसकेमा हाम्रो स्वास्थलाई गम्भीर हानी पुगिरहेको हुन्छ ।

हरेक मिनेट नै लगभग १ लिटर रगत छान्ने कलेजोले शरीरमा १३००० बिभिन्न केमीकलहरु उत्पादन गर्दछ, शरीरको ८० प्रतिशत कोलेस्टेरोल उत्पादनमा उत्तरदायी कलेजोले कार्य गर्न बन्द गरेमा हामीसंग जिवनको २४ घन्टा पनि बाँकी हुँदैन् । तसर्थ समयमै कलेजोको कार्यकुशलताका बारेमा थाहा पाउन जरुरी मानिन्छ ।

मष्तिष्क या मृगौला जत्तिकै कलेजोलाई संवेदनशीलताका हिसाबले उति संवेदनशील अंगका रुपमा हामीले हेर्दैनौ जबकी कलेजो पनि उत्तिकै महत्वपूर्ण छ । आज हामी तपाईलाई कलेजो सफा गर्ने खानेकुराको बारेमा जानकरी दिन गइरहेका छौं ।

प्याज

प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन्।

ग्रीन टी

यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो। यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ। ग्रीन टी स्वादिष्टमात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ। तर ख्याल गर्नुहोला एकै पटक धेरै ग्रीन टी पिउनु हुँदैन।

अंगुर-

अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ।

चुकन्दर र गाँजर

यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ। त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ।

हरिया सागसब्जी –

कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन्। काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ। यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ।

स्याउ

यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ।

एभोकाडो-

पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ।

जैतुनको तेल-

जैतुनको तेलले पनि शरीरमा भएका हानिकारक पदार्थ निकाल्न मद्दत गर्छ।

बेसार

बेसारले पनि शरीरबाट विषाक्त पदार्थ हटाउन कलेजोलाई सहयोग गर्छ। यसले शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई पनि न्यून गर्छ।

ब्रोकाउली र काउली-

यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ। यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ। यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ।

कागती –

सिटरस जातका फलफुलमा उच्चमात्रामा भिटामिन सि पाइन्छ। बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ।

 

प्रकाशित मिति: Feb 11, 2022

प्रतिक्रिया दिनुहोस्