Logo
६ जेष्ठ २०८१, आईतबार
(February 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
प्रचण्डलाई भेट्न खुमलटार निवासमा अध्यक्ष नेपाल बुधबार बिहान पुगेको हुन् ।दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ ।

एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् ।एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ ।

अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ ।

प्रकाशित मिति: Feb 9, 2022

प्रतिक्रिया दिनुहोस्