Logo
६ जेष्ठ २०८१, आईतबार
(February 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका सबैका लागि प्रेरणादायी छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत काँग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्दै उनले पार्टीमा पुर्‍याएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरेका हुन् ।

नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गरेका काँग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।

 

प्रकाशित मिति: Feb 9, 2022

प्रतिक्रिया दिनुहोस्