Logo
६ जेष्ठ २०८१, आईतबार
(February 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीविरुद्ध ६ दल र दुई मोर्चाको आज काठमाडौंमा प्रदर्शन

एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोचाले आज काठमाडौंमा प्रदर्शन गर्दै छन् । काठमाडौंको माइतीघरबाट सुरु हुने प्रदर्शन संसद्‌ भवन नयाँबानेश्वरसम्म पुग्ने नेताहरुले जानकारी दिएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने भएका हुन् ।

यसबाहेक आजै देशभर प्रर्दशनको पूर्वनिर्धारित कार्यक्रम पनि छ ।सरकारले एमसीसी संसद्‍बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन् ।

 

ब्ग्त्ज्इच्

प्रकाशित मिति: Feb 9, 2022

प्रतिक्रिया दिनुहोस्