Logo
६ जेष्ठ २०८१, आईतबार
(February 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि नेपाली कांग्रेसको पदाधिकारी बैठक

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।भोलि बिहीबार बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो साढे २ बजे बस्न लागेको हो ।बैठकमा स्थानीय चुनाव, भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुनेछ ।

मंगलबार पनि पदाधिकारी बैठक बसेको थियो । मंगलबार बसेको पदाधिकारी बैठकले बिहीबार बस्ने कार्यसम्पादन समिति बैठकका एजेण्डा तय गरेको थियो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सहभागी भएका थिएनन् ।

 

प्रकाशित मिति: Feb 9, 2022

प्रतिक्रिया दिनुहोस्