Logo
६ जेष्ठ २०८१, आईतबार
(February 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा छलफल गर्ने विषय तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएकाले संसद बैठकमा छलफल गर्ने विषय तय गर्न बुधबार दिउँसो साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

यो समितिमा सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् ।संसद सचिवालयले बुधबारको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ ।

जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने र संविधानसभाका सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Feb 8, 2022

प्रतिक्रिया दिनुहोस्