Logo
६ जेष्ठ २०८१, आईतबार
(February 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोर्खा सैनिकको समस्या समाधान र भर्नाबारे टुङ्गो गर्नुपर्छ : नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिकको समस्या र भर्नाबारे टुङ्गो गर्नुपर्ने बताएका छन् ।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,’ उनले भने, ‘गोर्खा सैनिकको भर्नाबारे पनि टुङ्गो गर्नुपर्छ ।’
जुन देशसँग हामीले सम्झौता गरेका छौँ, त्यो देशमा श्रम वा सुरक्षामा पठाउने सकिने भन्दै  नेपालले भने, ‘नेपालीहरुलाई भर्ना गर्ने, अन्य देशमा पठाउने र बीचको फाइदा उसले लिने स्थितिलाई अन्त्य गर्नुपर्छ ।’

१९४८ को सम्झौताको अर्थ नरहेको भन्दै उनले नयाँ सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: Feb 7, 2022

प्रतिक्रिया दिनुहोस्