Logo
६ जेष्ठ २०८१, आईतबार
(February 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्मा देखिएको अवरोध खुलाउन सरकारलाई सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको अवरोध खुलाउन सरकारलाई आग्रह गरेका छन् ।संसद्मा लामो समयसम्म अवरोध रहिरहनु राम्रो नभएको भन्दै सभामुखले त्यसका लागि गम्भीर भएर लाग्न कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई आग्रह गरेका हुन् ।

सभामुखको कार्यकक्षमा कानुनमन्त्री बडुसँग छलफल गर्दै सभामुखले संसद्मा देखिएको अवरोध खुलाउन सरकारलाई आग्रह आग्रह गरेका हुन् ।

संघीय संसद्को प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि बोलाइएको छ । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार संसद्को गत्यावरोध अन्त्य गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले सङ्घीय संसद्को बैठक लगातार अवरोध गरिरहेको छ ।राष्ट्रिय महत्वका विविध विषयमा संसद्मा छलफल हुनुपर्नेमा त्यसो हुन नसक्दा जनप्रतिनिधिको थलो संसद्ले नियमित काम गर्न नपाएको भन्दै सभामुखले सहमतिका साथ सबै दल प्रस्तुत हुन आग्रह गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा पनि संसद्को गत्यावरोध अन्त्य गर्नेलगायतका विषयमा छलफल भएको छ ।

प्रकाशित मिति: Feb 7, 2022

प्रतिक्रिया दिनुहोस्